बहुप्रतिभाशाली तेरिया मगर अब गायनमा व्यस्त (भिडियोसहित)

teriya magar
लाेकपाटी न्यूज

काठमाडौं, ६ जेठ। भारतीय टेलिभिजनबाट प्रसारण भएको “डान्स इन्डिया डान्स र “झलक दिखला जा-९” की बिजेता बनेर नेपाल र नेपालीहरुको नाम चम्काएकी चर्चित डान्सर तेरिया मगरको लोकप्रियता त सबैमाझ जगजाहिर नै रहेको छ।
यतिबेला भारतमा बसेर अध्ययन गरिरहेकी उनी अध्ययनसँगै विभिन्न कार्यक्रमहरुमा व्यस्त हुने गर्छिन्। भर्खरैमात्र १० को परिक्षा सकेर नेपाल आएकी उनी मातृ भुमिमा इन्जोई गरिरहेकी छिन्।

डान्सबाटै आफनो परिचय बनाएकी तेरियाले आफनो अर्को कला पनि दर्शक तथा श्रोतामाँझ प्रस्तुत गरेकी छिन्।
तेरिया मगर भन्छिन् “अहिले नै फिल्म गर्दिन” उनले गीत गाएर आफना फ्यानहरुलाई सप्राईज नै दिएकी छिन्।

उनले श्याम कार्कीको आवाजमा रहेको लोकप्रिय गीत तिम्रो मायाले बाधेर राख लाई रिमेक गरेर गाएकी छिन्।
सागर आलेको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको उक्त भिडियोमा तेरियाको नयाँ प्रयासको प्रशंसा गरेका छन्। उक्त गीतमा हालसम्म १ लाख भन्दा बढिले हेरिसकेका छन्।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्