काठमाडौं, ६ जेठ। यात्रुबाहक सवारी साधनमा खसी-बोका राखेमा कारबाही हुने भएको छ। सल्यानमा गाडीमा खसीबोका राख्दा यात्रुलाई समस्या हुने भएकाले राख्न नदिने कार्यको सुरुवात भएको हो।
यहाँको स्थानीय प्रशासन र जिल्ला प्रहरी कार्यालयले गाडी व्यवसायीले केही रकमको लोभमा यात्रुबाहक गाडीमा खसीबोका राख्दै आएकाले यसलाई अब पूर्ण रुपमा बन्द गरिने बताएको छ।गाडीमा खसीबोका राख्दा यात्रा असुरक्षित हुने भएकाले आफूहरुले राख्न नदिने अभियानको सुरुवात गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।
अब राप्ती राजमार्ग अवरुद्ध गरी १० मिनेट पनि गाडी रोक्न नपाइने उनले बताए। खसीबोका राखेको तथा मादक पदार्थ सेवन गरी गाडी चलाएको पाइए सार्वजनिक मुद्दा दर्ता गरेर कानूनी कार्वाही गरिने डिएसपी शाहीको भनाई छ।
गाडीमा राखिएका खसीबोका हटाउन मात्र एक घण्टा बढी समय लाग्ने र त्यसले यात्रुलाई समयमा नै गन्तव्यमा पुग्न समस्या हुने गरेको प्रहरीको बुझाई छ।खसीबोकाका कारण दुर्घटना पनि बढ्दै गएको बताइएको छ।
जथाभावी रुपमा पार्किङ गर्दा गाडी चिप्लिएर दुर्घटना हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ। गरिकन्युजबाट



लाेकपाटी न्यूज
