काठमाडौं, ७ जेठ। विपन्न नागरिकलाई जटिल खालका आठ प्रकारका रोग लागेमा सरकारले उपचार सहयोगबापत एक लाख दिँदै आएको छ। यसका लागि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत छुट्टै कोष स्थापना गरेको छ।
मुटु रोग, मृगौला रोग, क्यान्सर, हेड इन्जुरी, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी र सिकेलसेल एनिमिया रोग लागेका बिरामीको उपचारमा सरकारले एक लाख उपचार खर्च प्रदान गर्छ। सरकारले दिएको सहुलियत उपचार खर्च कुन अस्पतालबाट कुन–कुन रोगका लागि पाइन्छ, हेर्नुहोस् सूचि।
क) क्यान्सर रोगका लागि अस्पताल
१. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं
२. त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं
३. बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवन
४. भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर
५. परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली, काठमाडौं
६. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी
७. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, ललितपुर
८. कान्ति बाल अस्पताल, महाराजगञ्ज, काठमाडौं
९. निजामती कर्मचारी अस्पताल, मीनभवन, काठमाडौं
१०. क्यान्सर केयर नेपाल, जावलाखेल, ललितपुर तथा मन्त्रालयको छनौटमा पर्ने अन्य निजी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरू।
ख) मिर्गौला रोगका लागि अस्पताल
१. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं
२. त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं
३. वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी
४. कान्ति बाल अस्पताल, महाराजगञ्ज, काठमाडौं
५. नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्ज, पर्सा
६. कोशी अञ्चल अस्पताल, विराटनगर, मोरङ
७. जनकपुर अञ्चल अस्पताल, धनुषा
८. मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर
९. राष्ट्रिय मिर्गौला उपचार केन्द्र, वनस्थली, काठमाडौं
१०. नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर, बाँके
११. नेपाल मेडिकल कलेज जोरपाटी, काठमाडौं
१२. यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, पक्लिहवा, रुपन्देही
१३. चितवन मेडिकल कलेज, चितवन
१४. कलेज अफ मेडिकल साइन्सेस, चितवन
१५. मणिपाल मेडिकल कलेज, पोखरा, कास्की
१६. बि एण्ड बि अस्पताल, ग्वार्को, ललितपुर
१७. नेशनल डायलाइसिस सेन्टर, एकान्तकुना, ललितपुर
१८. गोल्डेन अस्पताल, विराटनगर, मोरङ
१९. धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोक
२०. गण्डकी मेडिकल कलेज, पोखरा, कास्की
२१. आरोग्य स्वास्थ्य प्रतिष्ठान, ललितपुर
२२. विराट अस्पताल, विराटनगर, मोरङ
२३. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
२४. पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
यी रोगको उपचार सुविधा भएका क्षेत्रीय, उपक्षेत्रीय र अञ्चल अस्पताल तथा मन्त्रालयको छनौटमा पर्ने निजी तथा गैह्रसरकारी स्वास्थ्य संस्थाहरू।
ग) मुटु रोगका लागि अस्पताल
१. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं
२. त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं
३. शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारी, काठमाडौं
४. वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी
५. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, ललितपुर
६. मनमोहन कार्डियोभास्कुलर थोरासिक एण्ड ट्रान्सप्लाण्ट केन्द्र, महाराजगञ्ज, काठमाडौं
७. कान्ति बाल अस्पताल, महाराजगञ्ज, काठमाडौं
८. निजामती कर्मचारी अस्पताल, मीनभवन, काठमाडौं
९. मुटु रोगको उपचार सुविधा भएका क्षेत्रीय, उपक्षेत्रीय, अन्चल अस्पतालहरु तथा मन्त्रालयको छनौटमा पर्ने निजी तथा गैह्रसरकारी स्वास्थ्य संस्थाहरू।
घ) पार्किन्सस तथा अल्जाइमर्स रोगका लागि अस्पताल
१. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं
२. त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं
३. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी
४. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, ललितपुर।
ङ) स्पाइनल इञ्जुरी तथा हेड इञ्जुरी रोग
१. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं
२. त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं
३. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी
४. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, ललितपुर।
च) सिकलसेल एनिमिया रोगका लागि अस्पताल
१. निजामती कर्मचारी अस्पताल, मीनभवन, काठमाडौं
२. उपक्षेत्रीय अस्पताल, घोराही, दाङ
३. महाकाली अञ्चल अस्पताल, महेन्द्रनगर, कञ्चनपुर
४. सेती अञ्चल अस्पताल, धनगढी, कैलाली
५. भेरी अञ्चल अस्पताल, नेपालगञ्ज, बाँके
६. लुम्बिनी अञ्चल अस्पताल, वुटवल, रुपन्देही
७. जिल्ला अस्पताल, कपिलवस्तु
८. जिल्ला अस्पताल बर्दिया
९. जिल्ला अस्पताल, नवलपरासी



लाेकपाटी न्यूज

