बलात्कार गर्ने प्रहरीमाथि कारवाही शुरु

rape case
लाेकपाटी न्यूज

पश्चिम नवलपरासी, ६ जेठ। बलत्कार गरेको अभियोगमा दुई प्रहरी जवानमाथि जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले कारवाहि प्रक्रीया अगाडि बढाएको छ।

पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण गणमा कार्यरत प्रहरी जवानहरुले गण नजिकै घाँस काट्न गएका २ युवतीमाथि बलात्कार भएको थियो। वैशाख १ गते दुई छुट्टा छुट्टै बलत्कार गरेको जाहेरी एक महिनापछि दिइएको थियो। उक्त जाहेरीपछि उनिहरुलार्ई निलम्वन गरि अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाइएको छ।

प्रहरी जवानहरु प्रेम खड्का र पाटेश्वर यादव रहेको छन्। खड्का डडेल्धुराका हुन भने यादव दाङका हुन्। उनिहरु दुवैजानालाई जवरजस्ती करणी मुद्दा प्रक्रियामा कारवाही अघि बढाइएको प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए।

सोहि विषयलाई लिएर निस्पक्ष छानविन र दोषिलाई कडा भन्दा कडा सजायको माग गर्दै स्थानिय सुनवल ३ कृतिपुरका वासिन्दाहरुले विरोध प्रर्दशन गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्