विमानस्थलबाट उडेलगत्तै खस्यो विमान, ५ को मृत्यु (नामसहित)

plane-crash-hondu_UmtGO
लाेकपाटी न्यूज

काठमाडाैं, ५ जेठ । विमानस्थलबाट उडेकाे केही समयमै विमान दुर्घटना भएकाे छ । होन्डुरसको रोटान द्वीपमा भएकाे उक्त सानो विमान दुर्घटनाग्रस्त हुँदा चार जना क्यानाडेली पर्यटक र एक जना अमेरिकी पाइलटको मृत्यु भएको छ ।

प्रहरीका अनुसार रोटानको विमानस्थलबाट उडेको केही मिनेटभित्रै उक्त विमान डिक्सन कोभ शहर नजिक दुर्घटनाग्रस्त भएर खसेको थियो ।

मृत्यु हुनेहरुमा ब्राड्ली पोस्ट, बेली सोनी, टमी डब्लर तथा पाइलटद्वय प्याट्रिक फोरसेठ र एन्थोनी डब्लर रहेका छन् । उक्त जहाज रोटानबाट करिब ७७ किलोमिटर टाढाको अर्को शहर ट्रुजिल्लोतर्फ गइरहेको थियो । –एजेन्सी