‘‘बजेटमार्फत जनमुखी र लोकप्रिय कार्यक्रम ल्याउनुपर्छ ” : वरिष्ठ नेता नेपाल

madhav kumar nepal
लाेकपाटी न्यूज

काठमाडौं, ५ जेठ। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको यो आधार वर्ष भएकाले आलोचना गर्ने बेला भइनसकेको बताएका छन्।

उनले पार्टी एकताले लामो समयसम्म पूर्णता नपाउँदा सरकारले गरेका राम्रा कामको प्रचार हुन नपाएको बताए।संविधानसभाका पूर्वसभासाद् अनारकली मियाँको ‘संसदमा पहिलो पाइला’ पुस्तकको विमोचन गर्दै नेता नेपालले नागरिकले परिवर्तनको अनुभूति गर्ने ढङ्गले सरकारले काम कारवाहीलाई अघि बढाउनु पर्ने बताए।

“सरकारले ल्याएका नीति तथा कार्यक्रम पारित भएको छ”, उनले भने, “अब बजेटमार्फत जनमुखी र लोकप्रिय कार्यक्रम ल्याउनुपर्छ ।” नेता नेपालले चुनावमा गरेका प्रतिबद्धता बजेटमार्फत सम्बोधन गर्न नसकिए सरकारप्रतिको विश्वास घट्दै जाने बताए। उहाँले पार्टी एकताले पूर्णता पाइसकेको भन्दै अब केही दिनमै पोलिटब्यूरो गठन हुने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्