दमौली, ५ जेठ। नगर प्रहरी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयवासीले तनहुँको भानु नगरपालिकाको कार्यालयमा आइतबार बिहान तालाबन्दी गरेका छन्।
छनोट प्रक्रिया विपरित अयोग्य उम्मेदवारलाई उत्तीर्ण गराएको भन्दै उनीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्। यसै विषयलाई लिएर शुक्रबारसमेत कार्यालयमा तालाबन्दी गरेका स्थानीयवासीले पुनः आइतबार बिहान तालाबन्दी गरेका छन्।
स्थानीयवासीले लगाएको ताला प्रहरीले शुक्रबार बल प्रयोग गरेर खुलाएको थियो। भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले विधि र प्रक्रिया पुर्याएरै नगर प्रहरी छनोट गरिएको बताए। परीक्षामा नाम ननिस्किएपछि धाँधली भयो भन्नु गलत रहेको उनको भनाइ छ।



लाेकपाटी न्यूज

