तस्कर छुटाउन प्रहरीको गाडी तोडफोड

hawai-fayaring
लाेकपाटी न्यूज

काठमाडौं, ४ जेठ। प्रतिबन्धित लागू औषध चरेशसहित पक्राउ गरेर भारतीय नागरिक देविदिन विश्वकर्मालाई इलाका प्रहरी कार्यालय भोजभगवानपुरमा थुनेपछी आक्रोशित नरैनापुरका स्थानियले बांकेमा प्रहरीको गाडी तोडफोड गरेका छन्।

सयौंको संख्यामा आएका स्थानियले गएराति प्रहरी कार्यालय घेराउ हाली गाडी तोडफोड गरेको डिएसपी प्रकाश सापकोटाले बताए। स्थिती नियन्त्रणमा लिन प्रहरीले ६५ राउन्ड हवाई फायर गरेको छ। त्यसक्रममा एकजना प्रहरी र केही स्थानियबासी घाइते भएका छन्।

भारतसँग जोडिएका नयाँ गाउँ, खयर भट्टी लगायतका गाउँहरुको अवस्था र राज्यले सहयोग गर्नुपर्ने प्राथमिकताका योजना बनाउन स्थलगत अनुगमनका शिलशिलामा त्यहाँ गुगेकी प्रदेश सभा सदस्य कृष्णा केसी चढेको गाडीमा पनि आगजनी प्रयास भएको छ।

प्रदेश ४ की सांसद कृष्णा केसी नमूनालाई सीमावर्ती क्षेत्रबाट आएका स्थानियहरुले चार घण्टासम्म घेराबन्दी हालेर नियन्त्रणमा लिएका थिए। उनीहरुले घेराबन्दीमा पारेर पक्राउ परेका भारतीय नागरिक नछुटाएसम्म नछाडने भन्दै नियन्त्रणमा लिएका थिए।

पत्रकार सम्मेलनमा साँसद नमूनाले सीमावर्ती क्षेत्रमा असुरक्षा बढ्दो देखिएकाले राज्यले सुरक्षा संयन्त्र बढाउनुपर्ने बताइन्। आफूले यस विषयमा सरकार समक्ष कुरा राख्ने उनको भनाई थियो। सीमावर्ती क्षेत्रबाट आएका स्थानियहरुले पक्राउ परेका विकको रिहाईको माग गर्दै प्रहरी चौकी तोडफोड गर्न थालेपछि गएरात हवाई फायर गरिएको प्रहरीले जनाएको छ।

स्थानीय हाटबजारमा पसल थाप्दै आएका देविदिनलाई नेपालगन्जबाट गएको साधा पोशाकको विशेष प्रहरी टोलीले ठूलो परिमाणको चरेश सहित नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्