दाजुकाे हत्या गर्ने भाइ पक्राउ

arrested
लाेकपाटी न्यूज

पर्सा, ०३ जेठ । आफ्नै दाजुको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन् । दाजु ४८ वर्षीय शेष फारुकलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा जिराभवानीपुर गाउँपालिका– १ बलुवा बस्ने ३८ वर्षीय शेख सेरामुद्धिनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नै दाजु फारुकलाई घरायसी विवादको कारण कटुवा पेस्तोलले गोली प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते फारुककाे उपचारका क्रममा उनको निधन भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका फारुकको शिक्षण अस्पतालमा महाराजगञ्ज काठमाडौंतर्फ लैजाने क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

प्रहरीले शेख सेरामुद्धिनबाट कटुवा पेस्तोल १ थान, गोली ३ राउण्ड र खोका १ थान बरामद गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्