काठमाडाैं, ०३ जेठ । धादिङलाई केन्द्रबिन्दु बनाएर शुक्रबार दिउँसो ५ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्पको धक्का काठमाडौं लगायतका जिल्लामा महशुस गरिएको छ । दिउँसो २ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो ।
यो भूकम्प २०७२ सालमा गएको शक्तिशाली भूकम्पको परकम्प रहेको भूकम्प मापन केन्द्रका भूकम्पविद भरत कोइरालाले रातोपाटीलाई जानकारी दिए ।
यस अघि वैशाख २९ गते दैलेखमा ५.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।



लाेकपाटी न्यूज
