पश्चिम नवलपरासी, ०३ जेठ । पश्चिम नवलपरासीमा प्रहरीले अवैध रुपमा लुकाई छिपाई राखेको अवस्थमा विभिन्न मालसमाग्रीहरु बरामद गरेको छ ।
प्रहरीले जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर १२ सेतोपुल नजिकै झ्याल ढोकामा प्रयोग हुने पर्दा ८१ पिस, सुट २५ पिस, सल १०० थान, थान कपडा १७ रोल, साडी १५ पिस बरामद गरेको हो ।
त्यस्तै सिमा प्रहरी चौकि महेशपुरबाट खटिएको प्रहरी गस्ती टोलिले सरावल गाउँपालिका वडा नम्बर ४ बडारेमा भारतबाट भन्सार छलि नेपाल ल्याई बेवारीसे अवस्थामा छाडेको पुजामा प्रयोग हुने सल ३२० पिस, लेडिज सुट थान ७२, काँचो थान कपडा ६ पिस, फेन्सी साडी ९ पिस, लेगिज ६७ पिस, टप्स ५२ पिस, सुति धोति १५ पिस र ढोकामा लगाउने किलिकब्जा ८० केजि बरामद गरेको छ ।
अवैध रुपमा भन्सार छलि गरी ल्याइएका मालसामग्रीहरु बरामद पश्चात त्यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय बर्दघाट सुस्ता पश्चिम नवलपारसीले जानकारी दिएको छ ।



लाेकपाटी न्यूज
