पलको फिल्म हेर्न ‘तेरिया’ नेपाल, भन्छिन् फिल्म खेल्ने योजना छैन (भिडियोसहित)

bir-bikram-2
लाेकपाटी न्यूज

काठमाडौं, २ जेठ। रिलिज पुर्वसन्ध्यामा ‘वीर विक्रम २’ को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ। सिनेकर्मीको राम्रो उपस्थिति रहेको रोयल प्रिमियरमा सिनेमाका मुख्य कलाकारले बाजाको तालमा निलो कार्पेटमा सुन्दरता छरे।

प्रिमियरमा शिव श्रेष्ठ, भुवन केसी, पूजा शर्मा, सन्दीप क्षेत्री, अनु शाह, तेरिया मगर र प्रमोद खरेल लगायतका कलाकारले उपस्थिति जनाए। रोयल प्रिमियरमा सिनेमाका प्राविधिकहरुलाई सम्मान स्वरुप मायाको चिनो वितरण गरिएको थियो।

सिनेमा सकिए पश्चात सिनेकर्मीले मुक्तकण्ठाले टिमको प्रसंशा गरे। ‘डीआइडी लिटिल मास्टर्स सिजन ३’की विजेता तेरिया मगर, बुधबार भने काठमाण्डौको कुमारी हलमा चलचित्र ‘वीर विक्रम २’को प्रिमियरमा पुगिन्।चलचित्रको प्रिमियरमा पुगेकी तेरियाले फिल्म एकदमै राम्रो बनेको प्रतिक्रिया दिइन्।

उनले आफूलाई चलचित्रले कतै रुवाएको, कतै हसाँएको प्रतिक्रिया दिइन्। उनले, केही समय अगाडि चलचित्र खेल्ने समाचार पनि आएको थियो। यस बिषयमा तेरियाले भनिन्–‘त्यो गलत कुरा थियो। चलचित्र खेल्न लागेको भन्ने खबर आउँदा म पनि अचम्मित भएकी थिएँ। अहिले लर्निङ फेजमै रहेकोले त्यो बिषयमा कुनै सोच छैन।’

शुक्रबारबाट रिलिज हुने सिनेमामा देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको पनि अभिनय छ। सिनेमामा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्