जम्मु-कश्मीरमा भीडन्त, चारको मृत्यु

kasmir
लाेकपाटी न्यूज

काठमाडौं, २ जेठ। जम्मु कश्मीर क्षेत्रमा सुरक्षाकर्मी र आंतककारीबीच बिहीबार भएको भिडन्तमा ३ जना आतंककारी मारिएका छन् भने एक जना सुरक्षाकर्मीको ज्यान गएको छ।

सुरक्षाकर्मीले शो भिडन्तमा थुप्रै हतियार र बिस्फोटक पर्दाथ फेला पारेको जनाएको छ। विशेष सूचनाका आधारमा सुरक्षाकर्मीले उनीहरु लुकेर बसेको घर घेर्दा आतंककारीले नै फाइरिङ गरेपछि भिडन्त भएको थियो।

अहिले पनि त्यहाँ सर्च अपरेशन जारी रहेको बताईएको छ भने कश्मीरको अधिकांश क्षेत्रमा इन्टरनेट सेवा समेत बन्द गरिएको। (एजेन्सी)