रुकुम , ३१ वैशाख । नेत्र विक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुम पूर्वका जिल्ला इञ्चार्ज कर्णबहादुर नकाल ‘शिविर’ पक्राउ परेका छन्।
रुकुमपश्चिम जिल्ला प्रहरी कार्यालयले गए राति जिल्लाको सानीभेरी गाउँपालिका–३ गरायला निवासी उनलाई सोही ठाउँबाट पक्राउ गरिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नकाललाई पक्राउ गरेको प्रमूख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।



लाेकपाटी न्यूज

