विहेमा जन्ती गएका युवकबीच झडप, एकको मृत्यु

fighting
लाेकपाटी न्यूज

दैलेख, ३१ वैशाख। दैलेखमा विवाहमा गएका युवाबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार राती नारायण नगरपालिका ५ छातिकोटमा युवाबीच झडप भएको हो ।

झडपमा सोही ठाँउ बस्ने ३२ वर्षीय प्रेमबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। विहेमा मदिरा सेवन गरेका स्थानीय पहलसिंह सारु र दानबहादुर थापा पक्षबीच झगडा भइरहेको बेला थापाको मृत्यु भएको हो।

झडपमा संलग्न व्यक्तिको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्