रिना मृत्यु प्रकरण : मृतकको पेटमा भेटियो मदिरा

rina Basnet
लाेकपाटी न्यूज

काठमाडौं, ३१ वैशाख। मोरङको पथरीमा गत वैशाख ७ गते आफनै कोठा अगाडी नग्न अवस्थामा मृत फेला परेकी रिना बस्नेतको मृत्युको रहस्य खुल्न सकेको छैन।

रिनाको हत्या भएको हुन सक्ने भन्दै स्थानीय र परिवारहरुले आन्दोलन गरेपछि उनको हत्याको आशंकामा प्रहरी रिनासंग प्रेम सम्बन्धमा रहेका कमल नेपाललाई प्रहरीले पक्राउ गरेको छ। उनी अहिले पनि प्रहरी नियन्त्रणमा रहेका छन्।

यसैबीच रिना बस्नेतको फरेन्सिक तथा पोष्टमार्टम रिर्पोट नेगेटिभ भेटिएको प्रहरीले जनाएको छ। पोष्टमार्टम रिर्पोट र फरेन्सिस रिपोर्ट नेगेभिट भेटिएको घटनालाई सुक्ष्म रुपमा अनुसन्धान गर्दै आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीले बताए।

रिपोर्टमा मृतक रिनाको पेटमा मदिरा समेत फेला पारिएको छ। फरेन्सिक र पोष्टमार्टम रिपोर्ट नेगेटिभ भेटिए पनि प्राविधिक पक्षको अनुसन्धान भने जारी रहेको एसपी केसीले बताए।उनको हत्या भएको दाबी भईराख्दा पोष्टमार्टम रिपोर्टमा भने माथिबाट खसेर टाउको र छातीभित्र गहिरो चोट लागेको देखिएको छ।

तथापी घटनाको प्रहरीले सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको छ। यसबीचमा प्रहरीले रिनाको मृत्युको आशंकामा प्रहरीले नियन्त्रणमा लिएका ३ जनाको पनि पोलिग्राफी टेष्ट गरेका छन्।जुन टेस्टको रिपोर्ट पनि नेगेटिभ आएको छ। पोलिग्राफीमा कमल नेपाल, मनिता नेपाल, र मृतक बस्नेत बसेको घरमा बस्दै आएका मदन गुरागाईले बोलेका कुरा सही भएको बताईएको छ।

प्रहरीले पनि रिनाको मृत्यु प्रकरणमा सुरुवातीमा उनले घरको छतबाट खसेर मृत्यु भएको हुन सक्ने अनुमान गरेको थियो। तर उनको परिवार र स्थानीयले रिनाको शव नग्न अवस्थामा फेला पर्नुमा नै शंका गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्