जुवातास खेल्ने २३ पक्राउ

Arrest
लाेकपाटी न्यूज

काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिका १६ बालाजु बसन्तनगरस्थित लमजुङ घर भएका ५७ वर्षीया देउ कुमारी गुरुङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा देउ कुमारी गुरुङ समेत ६ जनालाई नगद २३ हजार ८ सय ८० रुपैयाँ र ३ बुक ताससहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित सुनसरी घर भएका ३४ वर्षीय हरि लिम्बुको हार्मोनियम गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा लिम्बु समेत ९ जनालाई नगद ७१ हजार ५ सय ५५ रुपैयाँ र ४ बुक तास सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी काठमाडौंकाे नागर्जुन नगरपालिका २ गैरीगाँउस्थित सिंहबहादुर तामाङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ८ जनालाई नगद ८५ हजार ६ सय रुपैयाँ र ३ बुक तास सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्