काठमाडौं मल घाेटाला काण्ड : कस्ताे छ प्रारम्भिक रिपाेर्ट ?

kathmandu mall0101
लाेकपाटी न्यूज

काठमाडौं, ३० वैशाख । काठमाडौं मल घोटला काण्डको प्रारम्भिक छानविनमा केही तथ्याङक देखा परेको छ । छानविनको क्रममा अडिट रिपोर्टमा हजारको कारोबार देखाए पनि करोडौंको भएको भेटिएको हो ।

द काठमाण्डौं मल व्यपार संघले ४४ हजारको अडिट रिर्पोट पेस गरेकोमा करोडौं कारोबार भएको पाइएको छ । कुमारी बंैकको खाता नंम्बर ०५०१५२४१५१६३३०१८ मा करोडौंको कारोबार भएको हो । कुमारी बैंकको खाताबाट विभिन्न समयमा २ करोड ३२ लाख रुपैयाँ संचयकोष लाई गुड फर पेमेन्ट, कमलेस शेर्पा ६० हजार, प्रविर सम्शेर जवरा ५ लाख, मधुसुधन आचार्य १६ लाख, २ करोड ३२ लाख गुड फर पेमेन्ट, ७ लाख ७३ हजार गुड फर पेमेन्ट, मधुसुधन आचार्य ५० हजार गुड फर पेमेन्ट २ करोड ३२ लाख ५ सय गुडफर पेमेन्ट, खेम विक्रम शेन २ लाख, गुडफर पेमेन्ट १ करोड ५४ लाख ६७ हजार १६४, गुडफर पेमेन्ट ३५ लाख ५ सय, निरज अधिकारी १ लाख ३३ हजार ३ सय ३२, गुडफर पेमेन्ट २० लाख ५ सय, गुडफर गुडफर पेमेन्ट २० लाख ५ सय, सममिर उदेन शेख ५लाख, युवराज कडेल ३ लाख, सममिर उदेन शेख १८ लाख, प्रकाश थापा १२ लाख, मधुसुधन आचार्य ३ लाख, प्रकाश थापा १ लाख ४ हजार, मधुसुधन आचार्य २५ लाख झिकेको देखिन्छ ।

त्यस्तै सेनर्जि फाइनान्स खाता नं १०६०००१९–६ बाट प्रकाश थापा ६ लाख २२ हजार गोविन्द पन्थ २ लाख, मधुसुधन आचार्य ५ लाख, विकाल वास्टाकोटी ७८ हजार, युवराज कडेल १ लाख, विकाल बास्टाकोटी १५ हजार ७ सय २५, समिर २ लाख, राजन के श्रेष्ठ २३ लाख, निरज अधिकारी ५ लाख, समिर ४ लाख, प्रकाश थापा ६ लाख, मधु सुधन आचार्य २ लाख, प्रकाश थापा १ लाख ५४ हजार, समिर ५० हजार, केशव सापकोटा १ लाख २५ हजार, सन्तोष अधिकारी ३० लाख ७५ हजार, भिम कोइराला २५ लाख ३३ हजार ३ सय ३२, केशव १ लाख गरी व्यापार संघकै पदाधीकारीहरुले करोडौं निकाली हिनामिना गरेको देखिन्छ ।

केही समयअघि द काठमाडौं मल व्यपार संघका अध्यक्ष सुष्मा महरा र सल्लाहकार उज्जल जंग शाहले मलमा भएको घोटलाको विषय उठाउँदा उनीमाथि आक्रमण भएको थियो । उनीहरुले जिल्ला प्रशासन कार्यलय, अख्तियार र लेखा समितिमा उजुरी गरेको भन्दै बैशाख ३ गते धादिङका प्रकाश कुमार श्रेष्ठ र रश्मिला श्रेष्ठ लगायतको ग्याङले आक्रमण गरेको अध्यक्ष सुष्मा महराले बताएकी छन्।

काठमाडौं मलको सञ्चालन जिम्मा संचयकोषले लिएपछि काठमाडौं मलका बाहिरी टहरा खाली गर्न तथा मल भित्रका व्यपारीलाई हटाई कर्पोरेट अफिसहरु राख्ने योजनाका विरुद्ध सुष्मा महराको नेतृत्वमा तदर्थ समिति गठन भयो । द काठमाण्डौं मल व्यपार संघ अध्यक्ष सुषमा महराले १५ वर्षको टेन्डर पारी आएका काठमाण्डौं मलका व्यवसायीलाई विना क्षतिपुर्ति हटाउन नमिल्ने भन्दै सञ्चय कोषमा समेत धर्ना समेत दिएक थिए। उनले काठमाडौं मलका व्यवसायीको हितमा आन्दोलन गर्दै गर्दा काठमाडौं मलका पुराना ठेकेदार प्रविर शमशेरले द काठमाडौं व्यापार संघमार्फत साँढे १२ करोड भन्दा बढी रकम पाउनुपर्ने अदालतको निर्णयसहितको पत्र लिएर आएपछि काठमाडौं मलमा हंगामा फैलिएको थियो । पत्र आएपछि हालको संघमा आबद्ध पुराना सदस्यहरुले राजिनामा समेत दिएका थिए ।

२०७१ मंसीर ५ देखि द काठमाडौं मल व्यापार संघ र प्रविर शमशेर राणाबीच सम्झौता भई मलको भाडा द काठमाडौं मल व्यापार संघले कर्मचारी संचय कोषलाई बुझाउने सहमति भएको थियो । जुन संचय कोषले समेत स्वीकार गरी सकेको थियो ।

तर, व्यापार संघबाट सिधै संचयकोषमा भाडा बुझाउने सहमति भए पनि २०७२ असोजसम्म १२ करोड ६२ लाख ६५ हजार रुपैयाँ कर्मचारी संचय कोषले रकम नलिएको भनी राणाबिरुद्ध मुद्दा पाटन अदालतमा परेको थियो । २०७१ मंसीर ५ देखि २०७२ असोज १२ सम्म द काठमाडौं मल व्यापार संघले बाहाल बापत उठाएको तर संचय कोषलाई नदिएको १२ करोड ६२ लाख ६५ हजार संघबाट भराई पाऊँ भनी राणाले द काठमाडौं मल व्यपार संघका सुष्मा महराको नाममा पत्र काटेका थिए।