माओको मूर्तिभित्र करोडौंको लागूऔषध तस्करी

लाेकपाटी न्यूज

काठमाडौं । चीनका महान नेता माओ से–तुंगको मूर्तिको प्रयोग लागूऔषध तस्करीमा प्रयोग भएको पाइएको छ। हङकङमा सोमबार माओको मूर्तिभित्र दश लाख हङकङ डलर बराबरका अवैध लागूपदार्थ भेटिएपछि मूर्तिको गलत प्रयोग गरिएको पाइएको हो।

तस्करी हुने क्रममा लागूपदार्थ माओको मूर्तिभित्र भेटिएको हो। उक्त लागूपदार्थको मूल्य नेपालमा १ करोड ४१ लाख ४८ हजार ७१६ हुन्छ।

सोमबार प्रहरीले दुईपटक छापा मार्दा माओको मूर्तिभित्र अवैध लागूपदार्थको तस्करी भएको पाएको हो। हङकङस्थित फानलिङको वा मिङ इस्टेट फ्ल्याटमा छापा मार्दा माओको मूर्तिभित्र लुकाइएको अवस्थामा १० ग्राम मेठामफेटामिन, आइसजस्ता लागुपर्दा फेला परेका थिए।

प्रहरीले लागूपदार्थको तस्करी गर्ने एक ४८ वर्षीया महिलालाई पक्राउ गरेको छ। प्रहरीले छापा मार्नु अगाडि भवन अगाडिबाटै एक पुरुषलाई समेत नियन्त्रणमा लिएको थियो। ती व्यक्तिको झोलामा समेत लागूपदार्थ भेटिएको थियो।

यसैगरी सोमबार नै याउ मा टेइमा एक ६६ वर्षीया वृद्ध पुरुषसमेत लागूपदार्थ हिरोएनसहित पक्राउ परेका छन्। हङकङमा लागूपदार्थ तस्करीमा संलग्न व्यक्तिलाई आजीवन जेल सजाय तथा ५० लाख हङकङ डलरको व्यवस्था गरिएको छ।
–एससिएमपी