दरबारमार्गबाट १२ भारतीय नागरिक पक्राउ

Arrest
लाेकपाटी न्यूज

काठमाडौं, २८ वैशाख । प्रहरीले दरबारमार्गस्थित होटल याक एण्ड यतीमा छापा मारेको छ। छापा मार्ने क्रममा १२ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसरले नियन्त्रणमा लिएका उनीहरू भारत उत्तर प्रदेशका हुन्। नेपालमा अवैधानिक रुपले नेटवर्किङ व्यवसायमा संलग्न रहेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको परिसरका प्रमूख एसएसपी उत्तमराज सुवेदीले बताए। उनले भने, ‘राष्ट्र बैंक, केन्द्रीय अनुसन्धान ब्युरो र परिसरको टोलीले छानविन गरिरहेको छ । हामी बुझिरहेका छौं।’ प्रहरीले नियन्त्रणमा लिएका भारतीयहरूको नाम भने खुलाइएको छैन्।

भारतीय नागरिक पक्राउ परेसँगै भारतबाट उनीहरूलाई छुटाउन शक्ति केन्द्रहरूमा तारन्तार फोन आउन थालेको स्रोतले बताएको छ। स्रोतका अनुसार प्रहरीले म्याद थप्नुअघि छुटाउन ठूलो आर्थिक प्रलोभन देखाउन थालेका छन्। उनीहरूको सक्रियताले ठूलै आर्थिक अपराधको संकेत गर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्