महिला हिंसाको भूमि बन्दै सिरहा 

District offoce of polic
लाेकपाटी न्यूज

महेश सिंह महतो/ लहान, २७ वैशाख।

सिरहाको तथ्याकअनुसार सन् २०१८ मा  जिल्लाका विभिन्न ठाउँमा ६ जना महिलाको हत्या भएको छ। दाइजोका कारण विवाहित महिला मानसिक तथा घरेलु हिंसाको सिकार बनिरहेको तथ्याङ्कले देखाउँछ।

सिरहामा चालु आर्थिक वर्षमा सात सय भन्दा बढी महिला हिंसाका घटना भएका छन्। सिरहामा चालु आर्थिक वर्ष २०७५/०७६ मा ३ जना महिलाको हत्या भएको छ। सिरहा जिल्लाको सिरहा नगरपालिका, मिर्चैया नगरपालिका, कल्याणपूर नगरपालिका गरी तीनवटै घटनामा माइती पक्षले हत्या भएको किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं सूचना अधिकारी (डिएसपी) माधवराज खरेलले बताए।

सिरहामा ८ नगरपालिका र ९ गाउँपालिका गरी जम्मा १७ ओटा स्थानीयतह रहेका छन्। प्राय सबै स्थानियतहहरुमा महिला हिंसाका घटनाहरु भए पनि कतिपय घटना बाहिर नआएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाको चालु आर्थिक वर्ष २०७५/०७६ चैत सम्म जिल्लाका विभिन्न प्रहरी कार्यालयहरुमा ३ साय ९८ घरेलु हिंसा र ३ सय ४४ महिला हिंसासम्बन्धी उजूरी अएका छन। समाजमा दाइजोकै कारण अधिकाङ्स हिंसाका घटना हुने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्