विद्यार्थी अध्यक्ष ढकाल पक्राउ

dhakal
लाेकपाटी न्यूज

काठमाडौं, २७ वैशाख। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन्।

प्रहरीले विद्यार्थी अधक्ष्य ढकाललाई काठमाडौंको अनामनगरबाट ढकाललाई पक्राउ गरेको हो। शुक्रबार महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होमिन्द्र बोगटीले ढकाललाई पक्राउ गरिएकोे जानकारी दिए। प्रहरीका अनुसार ढकाललाई महानगरिय प्रहरी परिसर काठमाडौंमा राखिएको छ।

सरकारले प्रतिवन्ध लगाएसँगै प्रहरीले विप्लव निकटका नेता कार्यकर्तालाई नियन्त्रणमा लिदै आएको छ।