पाइलट नागराजलाई जहाज उडाउन प्रतिवन्ध

Nepal-Airlines-1
लाेकपाटी न्यूज

काठमाडौं, २७ वैशाख। नेपाल एयरलाइन्सका प्रशिक्षक पाइलट ‘आइपी’ नागराजले अब जहाज उडाउन नपाउने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरबस ३२० का आइपी पाइलट नागराजलाई जहाज उडानमा प्रतिबन्ध लगाएको हो।

जहाज उडानमा प्रतिबन्ध लागेसँगै पाइलट नागराज बिदामा बसेका छन्। पाइलट नागराज भारतीय नागरिक हुन्। ककपिटमै निदाएको नागराजको फोटो सार्वजनिक भएपछि प्राधिकरणले जहाज उडानमा प्रतिबन्ध लगाएको हो। पाइलट नागराजलाई ग्राउन्डेड गर्दै प्राधिकरणले नेपाल वायुसेवा निगमसँग अध्ययन गरी रिपोर्ट बुझाउनसमेत निर्देशन दिएको छ।

चालक दलका सदस्यसहित १६५ जनाको जिम्मा लिएर काठमाडौं–दुबई जहाज उडाएका नागराज को(पाइलटलाई जहाजको कमान्ड दिएर ककपिटमै सुतेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्