एजेन्सी। फुटबलका फ्यानहरुले यसपटक च्याम्पियन्स लीगको फाइनलमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी देख्न पाउने छैनन्।
लिभरपुलले बार्सिलोनालाई दोस्रो सेमिफाइनल लेगमा सनसनीपूर्ण रुपमा ४ ० ले हराएपछि सन् २०१३ यता रोनाल्डो र मेस्सीको उपस्थितिबिनै च्याम्पियन्स लीगको फाइनल हुन लागेको हो। अघिल्लो पाँच मध्ये चार संस्करणमा रियल म्याड्रिडले उपाधि जीत्दा रोनाल्डो प्रमुख खेलाडी बनेका थिए।
सन् २०१५ मा बार्सिलोनाले च्याम्पियन्स लिग उपाधि जीतेको थियो। त्यस यता बार्सिलोनाले फाइनलमा स्थान बनाउन सकेको छैन।
रोनाल्डो आवद्ध युभेन्टस क्वाटर फाइनलबाटै बाहिरिसकेको थियो। मेस्सीले नेतृत्व गरेको बार्सिलोना पनि समग्रमा लिभरपुलसँग ४३ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ।



लाेकपाटी न्यूज

