डाक्टरद्वारा नायिका बलात्कृत

rape case
लाेकपाटी न्यूज

मुम्बई, २६ वैशाख। मुम्बईका एक डाक्टर २१ वर्षे मोडललाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। पुलिसका अनुसार मोडलको एक सिरियलमा काम गर्नेबेला डाक्टरसँग चिनजान भएको थियो।

मिडिया रिपोर्ट अनुसार पीडित मोडललाई उनका एक साथीले डाक्टरबारे जानकारी दिएका थिए। त्यसपछि मोडल आरोपी डाक्टरलाई उपचारको सिलसिलामा भेट्न गइन्, त्यसपछि उनीहरुबीच दोस्ती भयो। पुलिसका अनुसार डाक्टरले वर्सोवामा मोडललाई एउटा घर पनि दिएका थिए।

अनुसन्धानको क्रममा डाक्टरले मोडलको अकाउन्टमा केही पैसा पनि पठाएको पत्ता लागेको छ। यस्तै, पीडितको आरोप अनुसार डाक्टरले उनका केही आपत्तिजनक तस्बिर खिचेका थिए। त्यही फोटोको आडमा डाक्टरले आफूलाई ब्ल्याकमेल गर्ने गरेको आरोप लगाइन्।

यस्तै पुलिसका अनुसार बलात्कारपछि डाक्टरले पीडितलाई यसबारे कसैलाई पनि नभन्न दबाब दिएका थिए। यसबारे कसैलाई जानकारी दिए तस्बिर भाइरल गरिदिने धम्की डाक्टरले दिने गरेको उनले बताइन्। यसबारे गत हप्ता उजुरी दिइएको थियो। पुलिसले यसबारे अनुसन्धान थालिएको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्