सनी लियोन : विश्वकै शक्तिशाली महिलाको कतिऔं सूचिमा ?

sunny leon
लाेकपाटी न्यूज

बीबीसीले बलिउड अभिनेत्री सनी लियोनीलाई विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा राखेको छ। सनी लियोनी बाहेक सूचीमा ४ अन्य भारतीय महिला पनि परेका छन्।

सूचीमा विश्वमै प्रभाव छोड्न सफल उद्यमी, खेलाडी, व्यापारी, कलाकार लगायतलाई समेटिएको छ। सनी लियोनी पछिल्लो पाँच वर्षमा बलिउड फिल्म उद्योगमा सक्रिय छिन्।

उनले २०११ मा विवादास्पद रियालिटी टिभी शो ‘बिग बोस’ मा भाग लिएपछि बलिउड फिल्म उद्योगमा पाइला टेकेकी थिइन्। उनले ‘जिस्म २’, ‘जैकपोर्ट’ र ‘एक पहेली लीला’ लगायतमा मुख्य भूमिकामा काम गरेकी छिन्।

जानकारीअनुसार सूचीमा भारतबाट सनी लियोनीका साथ गौरी चिंदारकर (सांगली), मल्लिका श्रीनिवास (चेन्नई), नेहा सिंह (मुम्बई) र सालुमरदा थिमक्का (कर्नाटक) को नाम रहेको छ।

सूचीमा सामेल गौरी चिंदारकर महाराष्ट्रको सांगलीकी एक कम्यूटर इञ्जीनियरिङ्गकी विद्यार्थी हुन्। उनी २० वर्ष मात्रै पुगेकी छिन्।

मल्लिका श्रीनिवास व्यावसायी हुन्। उनको ट्रैक्टर्स एण्ड फार्म इक्यूपमेन्ट लिमिटेड नामको कम्पनी सञ्चालनमा छ। उनले मुम्बईका महिलाको उत्पीडनको खिलाफ आन्दोलन गरेकी थिइन्।

कर्नाटककी सालुमरदा थिमक्क १०५ वर्षकी छिन्। उनले एकलै ८० वर्षमा ८ हजार विरुवा लगाएकी छन्। थिमक्क बिबिसीको महिलाहरुको सूचीमा सबैभन्दा बुजुर्ग हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्