अर्काको कुरा काटे २ हजार जरिवाना

law-court-kanun
लाेकपाटी न्यूज

एजेन्सी। फिलिपिन्सको एउटा गाउँमा अरुको कुरा काट्न प्रतिबन्ध लगाएको छ। उत्तरी मनिलाबाट करिब दुई सय किलोमिटर टाढा रहेको सानो गाउँ बिनालोननमा कुरा काट्न प्रतिबन्ध छ।

उक्त गाउँमा कुनै पनि हल्बला नफैलिओस् भन्नका लागि अधिकारीले नयाँ स्थानीय कानून नै बनाए। नयाँ कानून अनुसार नचाहेको हल्ला फैलाउनेलाई शहरको फोहोर संकलन गर्न लगाइन्छ। पहिलो पटक कुरा काट्नेले ३.८ डलर तिर्नुपर्ने हुन्छ भने तीन घण्टासम्म सडकको फोहोर बटुल्नुपर्छ। साथै त्यही कुरा दोहोराउनेले २० डलरसम्म तिनुपर्छ।

उनीहरुले आठ घण्टासम्म फोहोर बटुल्नुपर्छ। तर उक्त कानूनले के लाई कुरा काटेको मान्ने भनेर निश्चित मापदण्ड भने तोकेको छैन। यद्यपी, मेयर्रयामन गुइकोले व्यक्तिको सम्बन्ध र आर्थिक विषयमा कुरा गरे त्यो दण्डनीय हुने उदाहरण दिएका छन्। यो नयाँ कानून अचम्मको लागेपनि बिनालोननको छिमेकी गाउँ मोरेनो गाउँमा सन् २०१७ देखि लागू गरिँदै आएको छ।

त्यहाँका स्थानीयले सार्वजनिक रुपमा कुरा काटेका कारण करिब १० डलर जरिवाना तिरिसकेका छन् भने दिउँसोको समयमा फोहोर संकलन गरिसकेका छन्।

कुरा काट्नुलाई मेयर गुइकोले समयको बर्बादी बताएका छन्। उनले भने, ‘यो समयको बर्बादी मात्र हो,’ मेयर गुइकोले भने, ‘मानिसहरुले यो भन्दा निकै राम्रो काम गर्न सक्छन्। कुरा काट्ने प्रवृत्तिलाई प्रतिबन्ध लगाउँदा मानिसहरुको गुणस्तरीय जीवनमा सुधार ल्याउन सकिन्छ।’

४४ वर्षे मेयरले स्थानीय पत्रिकालाई दिएको जानकारीमा नयाँ कानूनले मानिसहरुको वाक स्वतन्त्रता हनन नगरेको स्पष्ट पारे।‘यसको उद्देश्य समुदायका सदस्यलाई बदनाम हुनबाट जोगाउनु हो’ उनले भने, ‘हामी अन्य समुदायलाई बिनालोननका बासिन्दा निकै राम्रा छन् भनेर देखाउन चाहन्छौं, यो बस्नका लागि राम्रो र सुरक्षित छ भनेर पुष्टि गर्न चाहन्छौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्