वैवाहिक जिवनमा प्रवेश गरे निर्देशक भट्टराई र अभिनेत्री दीपिका

लाेकपाटी न्यूज

काठमाडौं, २५ वैशाख। अभिनेत्री दीपिका प्रसाई र निर्देशक दीवाकर भट्टराईले विवाह गरेका छन्। सिन्धुलीबाट जन्ती लिएर धनगढी पुगेका निर्देशक भट्टराईले मंगलबार वैशाख २४ गते दीपिकाको सिउँदोमा सिन्दुर भरेका हुन्।

एश्वर्यको सेटबाट एक अर्काको प्रेममा परेका दीपिका र दीवाकरले केही समय पहिले कोर्ट म्यारिज गरेका थिए। भने गएको वर्ष दशैंमा इन्गेजमेन्ट गरेका थिए। निर्देशक दीवाकर भट्टराईले ‘मेरो जिवन साथी’, ‘स्टुपिड मन’, ‘एश्वर्य’,’क्याप्टेन’ लगायतका सिनेमाको निर्देशक गरिसकेका छन्।

अब्बल लभस्टोरी सिनेमा निर्माण गर्नमा माहिर मानिने निर्देशक भट्टराई अहिले दीपिकालाई लिएर नयाँ सिनेमा निर्माण तयारीमा जुटेका छन्। यस्तै ‘एश्वर्य’बाट नेपाली सिनेमा क्षेत्रमा सफल डेब्यु गरेकी दीपिकाले गतवर्ष सर्वाधिक सफल सिनेमा ‘छक्का पञ्जा ३’मा अभिनय गरेकी थिइन्।

भने, दीपिका अहिले निर्देशक एभरेष्ट सुर्य बोहराको निर्देशनमा निर्माण भैरहेको छायाँकनरत सिनेमा ‘हेल्लो जिन्दगी’मा काम गरिरहेकी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्