हाँस्यव्यंग्य सिरियल ‘कुरा मात्र भो’ शुक्रबारदेखी प्रसारणमा

kura martra vo
लाेकपाटी न्यूज

काठमाडौं, २४ वैशाद। अर्जुन गौतमको निर्देशनमा निर्माण भएको नेपाली हाँस्यव्यंग्य सिरियल ‘कुरा मात्र भो’ यहि शुक्रबारबाट प्रसारणमा आउने भएको छ। सिरियल हरेक शुक्रवार राती ८ः०५मा एनटिभी प्लसबाट प्रसारणमा आउन लागेको हो।

‘कुरा मात्र भो’ को प्रसारणका लागि नेपाल टेलिभिजन संस्थान र ग्लोरी मिडियाबिच गत शुक्रबार सम्झौता सम्पन्न भएको मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले जानकारी दिए। प्रसारणका लागि आवश्यक तयारी समेत पुरा भैसकेको उनले बताए।

जेसिका इण्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको उक्त टेलिसिरियलले दर्शकहरुलाई भरपूर मनोरंजन दिने निर्माण पक्षको दाबी छ। निर्देशक गौतमका अनुसार सिरियलको कथावस्तु सामाजिक एवम् राजनितिक विषय वस्तुमा केन्द्रीत रहने र समसामयिकतामा आधारित रहनेछ।उक्त सिरियल युट्युब च्यानल जेसिका इण्टरटेनमेण्टमार्फत पनि हेर्न सकिने छ।

साहित्यकार सनत आचार्यको लेखनमा तयार पारिएको उक्त सिरियलमा कलाकारहरु उत्तम अर्याल (कोदे), लक्ष्मण चौलागाई आदीको अभिनय रहेको छ। त्यसैगरि ‘कुरा मात्र भो’को निमार्तामा कमल श्रेष्ठ ,कार्यकारी निर्मातामा रामचन्द्र थापा तथा राजु श्रेष्ठ, क्यामरामा जनक राज अधिकारी, सम्पादनमा राज श्रेष्ठ रहेका छन् भने निर्माण सल्लाहकारमा सरोज ओझा तथा प्रताप भट्ट र कानुनी सल्लाहकारमा रामेश्वर भण्डारी रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्