एनसेलको रिटमाथिको सुनुवाइ लम्बियो

High Court
लाेकपाटी न्यूज

काठमाडौं, २३ वैशाख। निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीको लाभकर छलि विवादमा परेको मुद्दाको सुनुवाइ लम्बिएको छ।

सोमबार सर्वोच्च अदालतले ठूला करदाता कार्यालयले निर्धारण गरेको कर आफूले तिर्नुपर्ने भन्दा बढी भएको भन्दै एनसेलले दायर गरेको रिटको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखेको हो। न्यायाधीश सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको इजलासमा बहस नसकिएपछि सुनुवाइ लम्बिएको छ। उक्त रिटबारे मंगलबार यी दुई न्यायाधीशकै इजलासमा सुनुवाइ हुनेछ।

एनसेलले दायर गरेको रिट निवेदनमा १२ बैशाखमा न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सोममबारका लागि छलफलमा बोलाएको थियो। यसअघि ठूला करदाता कार्यालयले वैशाख ३ मा एनसेललाई ३९ अर्ब रुपैयाँ कर निर्धारण गर्दै एक साताभित्र तिर्न पत्राचार गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्