अब नेपाली कामदार निःशुल्क ओमान जान पाउने

pic 1
लाेकपाटी न्यूज

काठमाडौं, २३ वैशाख। ओमानमा नेपाली कामदार निःशुल्क जान पाउने भएका छन्। सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने गरी नेपाल र ओमानबीच सहमति जुटेको छ।

सहमति जुटेसँगै ओमानसँग पहिलोपटक श्रम सम्झौता हुन लागेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार ओमान जाने कामदारले सेवाशुल्कलगायत कुनै पनि तिर्नुपर्ने छैन।

भिसा, शुल्क, टिकट, बिमा, स्वास्थ्य परीक्षण खर्च रोजगारदाताले नै व्यहोर्नेछन्। बिरामी भए औषधि उपचारसमेत रोजगारदाताले व्यहोर्नेछन्। विवाद, मुद्दामामिला भएमा पनि कामदारले निःशुल्क कानुनी सहायता पाउनेछन्। अन्नपूर्णपोस्ट दैनिकबाट ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्