भाजपा नेता मोहम्मद मिरको हत्या

लाेकपाटी न्यूज

श्रीनगर, २२ वैशाख। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का एक जना स्थानीय नेताको हत्या भएको छ। अपरिचित बन्दुकधारी समहले घरमै उनीमाथि आक्रमण गरेको हो।

भारत नियन्त्रित काश्मिरस्थित घरमै रहेका बेला उनीमाथि आक्रमण भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुका अनुसार स्थानीय ७० वर्षीय गुलाम मोहम्मद मिरको हत्या भएको हो। उनी अनन्तनाग जिल्लाको भाजपाको उपाध्यक्ष थिए। घटनास्थल काश्मिरको राजधानी श्रीनगरबाट झण्डै ८६ किलोमिटर टाढा पर्दछ।

प्रहरीका अनुसार राति अबेर जवरजस्ती घरभित्र पसेका व्यक्तिले मिरमाथी प्रहार गरेको पाइयो। आक्रमणपछि सख्त घाइते भएका मिरलाई तत्काल नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रतर्फ लगिएको भएपनि बाटोमै मृत्यु भएको थियो।प्रहरीले विद्रोही लडाकूहरु हत्यामा संलग्न भएको हुन सक्ने आशंका गरेको छ। यस क्षेत्रमा बेला बेलामा यस्ता हत्याका घटना हुँदै आएका छन्।