काठमाडौं, २२ वैशाख। आइतबार अमेरीकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ४५ पैसा तोकेको छ। यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ०५ पैसा रहेको छ।
एक युरोको खरिददर १२३ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर १२३ रुपैयाँ ७९ पैसा रहेको छ। एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ६० पैसा र बिक्रिदर १४४ रुपैयाँ ३८ पैसा रहेको छ। यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९६ पैसा रहेको छ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ। यसैगरी कुवेती एक दिनारको खरिददर ३६३ रुपैयाँ ०९ पैसा र बिक्रिदर ३६५ रुपैयाँ ०६ पैसा रहेको छ।



लाेकपाटी न्यूज

