काठमाडौं, २२ वैशाख। मनसुन क्रियशन प्रा.लीको प्रस्तुतीम निकै रमाइलो भाकामा आधारित गीत ‘पण्डित बा’ गीतको भिडियो सार्वजनिक भएको छ। ‘पण्डित बा’मा गायक विनोद लामा र देवि गजमेरले स्वर दिएका छन्।
विक्रम लामाको सर्वोकृष्ट शब्द सिर्जना तथा बिनोद लामाको लय सिर्जनामा रहेको निकै चोटिलो प्रस्तुतिलाई गीतमार्फत समेटिएको छ। मायाको प्रेम प्रसंगलाई निकै रमाइलो तरिकाबाट व्यक्क्त गरिएको छ । गीतको एरेन्ज बिनोद बाजुरालीले गरेका छन ।
बासु बरालको छायाँकन, दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ। गीतको भिडियोमा चर्चित हाँस्य कलाकार मरिचमान श्रेष्ठ बल्छि धुर्बे र चर्चित मोडल आरुसी मगरको अभिनय रहेको छ।



लाेकपाटी न्यूज

