आजदेखि नीति तथा कार्यक्रममाथि छलफल

लाेकपाटी न्यूज

काठामण्डौं, २२ वैशाख। नीति तथा कार्यक्रममाथि संघीय संसदमा आइतबारदेखि छलफल सुरु हुँदै।

नयाँ आर्थिक बर्षका लागि सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको सयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्