छोराले गरे बाबुको हत्या

लाेकपाटी न्यूज

परासी, २२ वैशाख। पश्चिम नवलपरासीमा चिर्पट (दाउरा) प्रहारबाट एक जनाको हत्या भएको छ। चिर्पट प्रहार गरेर एक युवकले आफ्नो बाबुको हत्या गरेका हुन्।

सरावल गाउँपालिका २ दंगिया बस्ने २२ वर्षीय जब्बर मुसलमानले शुक्रबार राति ४५ वर्षीया बाबु अलाउद्दिनलाई सुतिरहेका बेला चिर्पट प्रहार गरेका थिए। जब्बरको मानसिक सन्तुलन ठीक नभएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

चिर्पट प्रहारबाट अलाउद्दिनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। जब्बरलाई आवश्यक अनुसन्धानसहित कारबाहीका लागि शनिबार जिल्ला प्रहरी कार्यालयमा राखीएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्