आँशु त्यसै झर्दैन (कविता)

BedNath Dhakal
लाेकपाटी न्यूज

आमाको कोखबाट पृथ्वीको पहिलो दर्शनमै
मैले मेरी आमालाई पाएँ,
सबैभन्दा पहिले बेस्सरी राएँ
मानौँ मेरा बाबुलाई अत्याएँ
तर जो जो मेरै प्रतिक्षामा थिए
सबैलाई अट्टाहास हसाएँ !

गर्भिणी हुँदाकै बखत सिकेको हुनुपर्छ
मैले आफु रोएर अरु हँसाउन
त्यहीबेला सिकेको हुनुपर्छ पिँडामा आँशु बगाउन ।।!

जब म भोकले चिच्याउँथेँ
जीवन फुल्ने गमलारुपि कोक्रामा
तब मेरी आमा
बारीको डिलमा रोप्नुहुन्थ्यो-मेरो जीवन !

म चिच्याएको सुन्दा मेलामा गएकी मेरी आमा
हतार-हतार आएर मलाई
काखमा लिँदै भन्नुहुन्थ्योस
लौ बाबू ।।। बुबु खाऊ ।।।।!

जब मेरा ओठले आमाको स्तनमा स्पर्श दिन्थ्यो
म फेरि रुन्थेँ विगतको आफू सम्झेर
हो, त्यहीबेला सिकेको हुनुपर्छ
मैले हर्षमा आँशु बगाउन !

आँशु त्यसै झर्दैन ।।।।।!

कि चाहिन्छ थामीनसक्नु पीँडाको भार !
कि चाहिन्छ रोकिनसक्नु हर्षको भेल !
कि त चाहिन्छ आमाको पोल्टाको स्वर्ग !
कि त चाहिन्छ बाबाको हिँमालझैँ काँध !

आँशु त्यसै झर्दैन ।।।
आँशु झर्नुको महत्त्व छ !

मैले आँशुको अर्थ यति बुझेको छु
(आफू रोएर अरुलाई हँसाउनु,
नत्र किन सिकाइन्छ पैतालामा चिमोटिचिमोटि
भर्खर संसार देख्दै गरेको नवजात शिशुलाई रु
मैले पनि सायद पृथ्वीको संघारमा उभिएर
पहिलोपल्ट च्याँ ।।। च्याँ रुँदै
हँसाएको हुनुपर्छ स( मेरा बाआमा, आफन्तजन र प्रियदर्शीलाई !

आँशु त्यसै झर्दैन ।।।।।
कि त वेदनाको लात चाहिन्छ !
कि त खुसीको खात चाहिन्छ !
यस्तो लाग्छ जीवन भनेकै आँशु हो,
आँशुले नै फुलाउँछ पारिजातको फूल !
आँशुले नै फुलाउँछ पलाँसको फूल !
तर,
-दुवैमा एउटा जीवन छ !
-दुवैमा एउटा रहस्य छ !
आँशु त्यसै झर्दैन ।।।।।।
आँशु झर्नुको महत्त्व छ !!

✍️बेदनाथ ढकाल
अरुण गा.पा.-५, भोजपुर
हाल: काठमाडौं।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्