चाेपडाको फोनमा अर्जुन कपूरको तस्वीर

लाेकपाटी न्यूज

मुम्बई, २० वैशाख। बलिउड अभिनेत्री परिणिती चोपडाको फोनको ग्यालरीमा अर्जुन कपुरसँग ५० भन्दा बढी सेल्फी छन्। अर्जुनसँगको आफ्नो अफ स्क्रिन केमेष्ट्रीको बारेमा परिणीतिले भनिन्, ‘मलाई आफ्नो तस्वीर लिन उनलाई भन्छु, मेरो फोनको ग्यालरीमा ५० भन्दा बढी सेल्फी छन्। ती सबै सेल्फीमा अर्जुन कपूर पनि छन्।’

परिणितीले अभिनेता अर्जुन कपूरलाई आफ्नो सच्चा साथीको रुपमा पाउँदा निकै खुसी भएको बताएकी छिन्। उनका अनुसार बलिउडमा सच्चा साथी पाउन मुस्किल छ । वुटको ‘फिट अप विद द स्टार्स सिजन–२’को एक एपिसोडमा परिणीतिले अभिनेता अर्जुनसँगको आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गरेकी छन् ।

परिणीतिलाई जब अर्जुन कपूरसँगको आफ्नो सम्बन्धको बारेमा सोधियो, तब उनले भनिन्, ‘बलिउडमा असल साथी पाउन निकै मुस्किल छ । अर्जुनसँग मेरो असल दोस्ती छ ।’ परिणीति र अर्जुनले फिल्म इश्कजादे’ र ‘नमस्ते इङ्ग्ल्याण्ड’मा सँगै काम गरिसकेका छन्। यो जोडी एक साथ सन्दीप और पिंकी फरार’मा पनि देखिदै छन्। यो फिल्मको पोष्टर धेरै पहिले रिलिज भइसकेको छ। तर रिलिज मिति भने तोकिएको छैन।

अहिलेको समयमा अभिनेत्री परिणीति अमेरिकन फिल्म ‘द गर्ल अन द ट्रेन’को हिन्दी रिमेकमा काम गरिरहेकी छन्। साथै, उनी जबरिया जोडी र साइना नेहवाल की बायोपिकमा देखिदै छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्