प्रियंका बनिन् ‘इन्स्टाग्रामर अफ द इयर २०१९’

Priyanka
लाेकपाटी न्यूज

एजेन्सी। चर्चित बलिउड नायिका प्रियंका चोपडालाई ‘इन्स्टाग्रामर अफ द इयर २०१९’ रुपमा चुनिएको छ। ३९ करोड फलोअर भएको प्रियंका चोपडाको इन्स्टाग्राम अकाउन्ट अत्यधिक फलो गरिने अकाउन्ट बनेको छ।

प्रियंका चोपडासहित अभिनेत्री दीपिका पादुकोण र भर्खरै बलिउडमा पाइला टेकेकी अभिनेत्री सारा अली खानलाई पनि ‘इन्स्टाग्रामर अफ द इयर २०१९’ चुनिएको छ। यी तीन जना अभिनेत्री वर्षभर नै इन्स्टाग्राममा सबैभन्दा बढी व्यस्त र सक्रिय रहे। साथै भारतमा यी तीनजना अभिनेत्रीहरुका साथ फलोअरहरुको सक्रियता अत्यधिक रहेको बताइएको छ।

अभिनेत्री दीपिका पादुकोणले भनेकी छिन्, ‘म मेरा दर्शक तथा प्रशंसकहरुसँग जिउन, हाँस्न, माया गर्न र उनीहरुसँग मेरा कुराहरु शेयर गर्नका लागि हरेक दिन इन्स्टाग्राम प्रयोग गर्छु। मेरा लागि उनीहरु धेरै महत्व राख्छन्। उनीहरुको साथ र मायाको लागि म आभारी छु।’

सन् २०१८ मा फिल्म ‘केदारनाथ’बाट बलिउड डेब्यू गरेकी अभिनेत्री सारा अली खानले त्यस पछि मात्रै इन्स्टाग्राममा डेब्यू गरेकी थिइन्। साराले छोटो समयमा नै सामाजिक सञ्जालमार्फत दर्शक तथा प्रशंसकहरुको अत्याधिक साथ र हौसला पाइरहेकी छिन्।

उनी भन्छिन्, ‘इन्स्टाग्राम एउटा यस्तो प्लेटफर्म हो जहाँ मलाई म जस्तो छु, त्यस्तै रहन र यसको माध्यमबाट म सिधै दर्शकहरुसँग जोडिन सक्छु।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्