जन्ती र बेहुली पक्षबीच कुटाकुट, एकको मृत्यु

kutakut
लाेकपाटी न्यूज

गोरखा, १९ वैशाख। जन्ती र बेहुली पक्षबीच कुटाकुट हुँदा एक जनाको ज्यान गएको छ। गोरखाको पालुङटार नगरपालिका ४ कुमाल गाउँमा जन्ती पक्षले केटीलाई जिस्क्याएको भन्दै जन्ती र बेहुली पक्षबीच कुटाकुट हुँदा एक जनाको ज्यान गएको हो।

कुटाकुटबाट घाइते बेहुला पक्ष लम्जुङका ३४ वर्षीय बिष्णुबहादुर कुमालको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ।

झडपमा अर्का एक जना घाइते भएका छन्। बेहुली लिएर र्फकँदा १७-१८ जना युवाहरुले जन्तीपक्षलाई गाडी रोकेर कुटपिट गरेको प्रहरीले जनाएको छ।

घटनामा संलग्नहरुको खोजी भइरहेको र शंका लागेका केहीलाई पक्राउ गरिएको एसपी भोला रावलले बताए।घटनाको विस्तृत विवरण आउन अझै बाकी रहेको पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्