बुटवल, १९ वैशाख। टिपरको ठक्करबाट बुटवलको पाखापानीमा एक युवतीको मृत्यु भएको छ। बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु४५प ७२३४ नम्बरको स्कुटरलाई टिपरले ठक्कर दिंदा बुटवल उपमहानगरपालिका १२ तामनगरकी १९ वर्षीया पुष्पा भण्डारीको मृत्यु भएको हो।
बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा कक्षा १२ मा अध्ययनरत उनी परीक्षा दिएर घर फर्किदै गर्दा टिपरले ठक्कर दिएको हो। स्कुटर चालक घनश्याम भण्डारीको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले ठक्कर दिने लु२ख १९०३ नम्बरको टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।दोषिलाई तुुरुन्त कारबाहीको माग गर्दै अहिले सिद्धार्थ गौतमबुद्ध क्याम्पसका विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् ।
विद्यार्थीको प्रदर्शनले बुटवलको तामनगर क्षेत्रमा पूर्वपश्चिम राजमार्ग २ घण्टा अबरुद्ध भएको थियो


लाेकपाटी न्यूज
