काठमाडौं। लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेले लोकदोहोरी गीत हासेकै सुहाउँछ बजारमा ल्याएका छन्।
उत्पादक तथा बितरक चन्दन म्युजिक प्रा.लि रहेको उक्त गीतमा केशव घिमिरेकै शब्द, लय तथा स्वर रहेको छ भने पूर्णकला बिसीले स्वरमा साथ दिएकी छिन्। गीतमा दुर्गा पौडेलको छायाङ्कन, शिव परियारको निर्देशन, नवीन घर्ती मगरको सम्पादन रहेको छ।
एडभेन्चर इन्टरटेनमेन्टको दृश्य निर्माण रहेको गीत Chandan Music Youtube च्यानलमार्फत हेर्न सकिने छ। गीतमा दीपक पोखरेल र मुना थापाको उत्कृष्ट नृत्य तथा अभियान देख्न सकिने घिमिरेले बताए।
पर्वतको कार्कीनेटामा जन्मिएका घिमिरे युवा ब्यवसायी पनि हुन्, बिगत १६–१७ वर्षदेखि पोखरामै बसेर साङ्गीतिक क्षेत्रमा निरन्तर लागिरहेका छन्। घिमिरेले यसअघि १५० भन्दा बढी गीत बजारमा ल्याइसकेका छन्।



लाेकपाटी न्यूज

