मजदूर दिवसमा माटोको ढिस्कोले पुरिएर मजदूरको मृत्यु

लाेकपाटी न्यूज

गलेश्वर, १८ वैशाख। म्याग्दीमा सडक निर्माणको काम गरिरहेका एक मजदूरको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिया मधुवन नगरपालिका २ ठाकुरद्वारका ३५ वर्षीया कालुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

बेनी–दरवाङ सडकखण्डअन्तर्गत चुत्रेनीमा सडक विस्तारको काम गरिरहेको अवस्थामा सडक माथिबाट ढुङ्गासहित माटोको ढिस्को खसेर पुरिँदा उनको मृत्यु भएको हो।

आज मे १ अर्थात अन्तर्राष्ट्रिय मजदूर दिवस। देशैभरी मजदूरीहरूले आफ्नो हक र अधिकारका लागि  र्‍यालीसहित विभिन्न कार्यक्रम गरिरहँदा म्याग्दीमा भने मजदूरको ढिस्को खसेर पुरिँदा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बेनी म्याग्दीबाट गएको प्रहरीको टोली र स्थानीयवासीले स्काभेटरको प्रयोग गरी माटो पन्छाएर थारुको शवलाई बाहिर निकालेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्