दाङ, १८ वैशाख। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका नेता सवार कारलाई ट्रकले ठक्कर दिँदा चार जना घाइते भएका छन्।
घाइते नेताहरूमा दाङका शिवकुमार आचार्य, लक्ष्मण शर्मा, मनोहर बुढाथोकी, र शिवानन्द डाँगी रहेका छन्।जिल्ला प्रहरी कार्यालय दाङले त्यसमध्ये बुढाथोकी र शर्मालाई अरुभन्दा बढी चोट लागेको जानकारी दिएको छ।बुढाथोकी र शर्मालाई मात्रै थप उपचारको लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ।शर्माको करङमा र बुढाथोकीको अनुहारमा चोट रहेको प्रहरीले बताएको छ।
तर, घाइते सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ।अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं ८ देउरालीमा दुर्घटना भएको हो। मुख्य मन्त्री शंकर पोखरेलसँगै बुटवल जान लागेका नेता दुर्घटनामा परेका हुन्। मुख्य मन्त्री सवार गाडी अगाडि थियो भने दुर्घटनामा परेका नेता त्यसको केही पछाडि थिए।
नेता सवार बा १८ च १२५ नम्वरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४३४९ नम्वरको ट्रक एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। नेताहरू सवार कार पश्चिमबाट पूर्वतर्फ जाँदै थियो भने ट्रक पूर्वबाट पश्चिमतर्फ आउँदै थियो।



लाेकपाटी न्यूज

