बुवालाई चितामा चढाएपछि दाजुभाइबीच कुटाकुट

Jhapa-malami
लाेकपाटी न्यूज

झापा, १८ वैशाख। झापाको कमल गाउँपालिका १ स्थित किस्नेघाटमा बुवालाई चितामा चढाएपछि दाजुभाइबीच कुटाकुट भएको छ।

मानिसको मृत्यु भएपछि गाउँ शोकमग्न हुने गर्छ। तर, झापाको कमल गाउँपालिकामा लामो समयसम्मको अंश विवादले दाहसंस्कारस्थलमै कुटाकुट भएको हो। मंगलबार बिहान ८५ वर्षको उमेरमा रघुनन्द गौतमको मृत्यु भयो। गौतम काइँला छोरासँग दमकमा बस्ने गर्थे। करिब एक वर्षअघि बिरामीले थलिएका गौतम साइँला छोरा नरेन्द्र गौतमसँग कमल गाउँपालिकामा बस्दै आएका थिए।

आर्थिक अवस्था कमजोर भएका साइँला छोरा नरेन्द्रले बुवाको जिउनी अंश बेचेर उपचार गर्ने योजना बनाए। तर, बुवाको जिउनी भाइले आफ्नो नाममा पारेको पाइएपछि बुवाको उपचारमा समस्या भयो। बुवाको जिउनी पुनः फिर्ता गर्न भन्दा भाइले अटेर गर्यो, बाबुलाई उपचार गर्दा मलाई ऋण लागेको छ भनेर भाइ पन्छिन खोज्यो, नरेन्द्रले भने, समाज राख्नेदेखि गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिँदा भाइले जिउनी फिर्ता गरेनन यो प्रकरणमा गल्ती काइँला छोराको भएको स्थानीय प्रकाश बाँस्कोटाको भनाइ छ।

उनले बुवा विरामी हुँदासमेत उपचारमा बेवास्ता गरेको सापकोटाले बताएका छन्। बिहान ९ः५४ बजे रघुनन्दको निधन भयो। निधनको चार घण्टापछि स्थानीय किस्नेघाटमा अन्तिम संस्कारको लागि लगियो। घाटमै दमक बस्दै आएका काइँला भाइ कुलेन्द्र र उनका साथीहरुले अपशब्द प्रयोग गरेर भतिजलाई हात हालेपछि विवादले उग्ररुप लिएको थियो। विवादका क्रममा कुलेन्द्र र श्रीमतीले जेठानी दिदीमाथि दुव्र्यवहार र अपपशब्द प्रयोग गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

भाउजुलाई अपशब्द प्रयोग गरेपछि नरेन्द्रले भाइलाई हात हालेका हुन आर्यघाटमा युवाहरुको समूह बनाएर आएका रहेछन् स्थानीय तुलसीराम दंगालले भने। उनले आजसम्म यस्तो घटना नदेखेको बताए।

सम्पत्तिको लोभले बुवाको अन्तिम बिदाइ गरिरहँदा घाटमै दाजुभाइबीच कुटाकुट भयो। कुलेन्द्र त शिक्षक हुन्, उनले विद्यार्थीलाई कस्तो शिक्षा र संस्कार दिन्छन् ? हाम्रो समाज कहाँ जाँदैछ ?, उनले प्रश्न गरे। उता आरोप लागेकाभाइ कुलेन्द्रले भने सिंगो समाज नै आफूविरुद्ध लागेर गलत सावित गर्न खोजेको बताए। सिङ्गो समाज नै मविरुद्ध लागेको छ। मैले यो समाजको के बिगारिदिएको छ? उनले प्रश्न गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्