काठमाडौं, १८ वैशाख। भेनेजुएलाको राजनितीक संकट अझै टरेको छैन्। राष्ट्रपति निकोलस मदुरोलाई विस्थापित गर्नका लागि आन्दोलन गरिरहेका बिपक्षी दलका नेता हुँवा गुएइदोले अब अन्तिम चरणको प्रयास गर्ने घोषणा गरेका छन्।
मदुरोले राष्ट्रपतिय चुनावमा धाँधली गरेको भन्दै सत्ताबाट हटाउन हुँवा गुएइदो लागिपरेका छन्। उनले मदुरोबिरुद्ध आफुलाई सेनाको समेत साथ र समर्थन रहेको दाबी गर्दै उनले मदुरोलाई सत्ताबाट हटाउन जोडकातोडरुपले लागिरहेका छन्।
उनले सामाजिक सञ्जालमा हवाई फौजको एउटा अखडामा रेकर्ड गरिएको र सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडियोमा उनी सैनिक पोशाकमा भएका मानिसहरूसँग बसेको देखिन्छन्। उनले सेनालाई निकोलस मदुरोको अवैध शासनको अन्त्यमा सघाउनका लागि सेनालाई आह्वान पनि गरेका छन्।
उनले यस्तो दाबी गर्दै गर्दा सेनाले भने मदुरोलाई समर्थन गरेको घोषणा गरेको थियो र अहिलेसम्म मदुरोलाई सेनाको समर्थन मिलेकै कारण उनलाई सत्ताच्युत बनाउन हुँवा गुएइदो असफल भईरहेका छन्। त्यसो त हुँवा गुएइदोलाई सेनाको एक गु्रपले साथ दिईरहेको पनि दाबी गरिएको छ।
तर भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिरले सरकारी टेलिभिजनमा बोल्दै सेना राष्ट्रपति मदुरोको पक्षमा रहेको स्पष्ट पारेका छन्। साथै उनले केही सैनिकहरूले गर्न खोजेका विद्रोहलाई आंशिक रूपमा पराजित गरिएको तर रक्तपात हुने सम्भावना बलियो रहेको भन्दै चेतावनी दिएका छन्।
भेनेजुएला प्रकरणमा अमेरिकाले भने सबैभन्दा चासो लिईरहेको छ। उसले मदुरोलाई असमर्थन गर्दै हुँवा गुएइदो राष्ट्रपतिको रुपमा स्वीकार गरिसकेको छ।



लाेकपाटी न्यूज

