मुम्बई, १७ वैशाख। बलिउड अभिनेत्री क्याट्रिना कैफले पुर्वप्रेमी रणबीर कपुरसँगको ब्रेकअपबारे मुख खोलेकी छिन्। ब्रेकअप भएको नै लामो समय भएकाले हुनुपर्छ, अब क्याट्रिना यसबारे बोल्न थालेकी छिन्।
एउटा भारतीय मिडियालाई अन्तर्वार्ता दिँदै क्याट्रिनाले भनेकी छिन् कि यो सम्बन्ध विच्छेद हुनुमा उनी नै खास जिम्मेवार हुन्। ‘म यो सम्बन्ध सकिनुको जिम्मेवारी लिन्छु,’ उनले भनिन, छिन्, ‘मैले धेरै समस्याहरु सामना गरिरहेको थिएँ, तर मलाई मेरी आमाले राम्रोसँग सबै कुरा सम्झाउनु भयो।’
क्याट्रिनाले आफू सम्बन्धमा हुँदा निकै राम्रो महसुस गर्ने गरेको पनि बताएकी छिन्। उनले आफ्नो मन कसैले पनि नदुखाएको भन्दै आफूले त्यो समस्या भोग्दा पनि सबैले साथ दिएको बताइन्। यतिमात्र होइन, क्याट्रिनाले आफूलाई साथीहरुभन्दा पनि शत्रुहरुप्रति बढी विश्वास भएको बताएकी छिन्।
अभिनेता रणबीर कपुर आजभोलि अभिनेत्री आलिया भट्टसँग सम्बन्धमा छन् भन्ने कुरा निकै चर्चामा छ। यसअघि चाहिँ उनी कैफसँगको सम्बन्धमा थिए। तर, तीन वर्ष पहिले सन् २०१६ मा यी दुईको सम्बन्धमा खटपट भएपछि ब्रेकअप भयो।



लाेकपाटी न्यूज

