जाकार्ता, १६ वैशाख। इन्डोनेसियाको पश्चिमी प्रान्त बेङकुलु र राजधानी जाकार्तामा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ।
सोमबारसम्म यस प्रकोपमा परी १३ व्यक्ति अझै बेपत्ता रहेका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले जानकारी दिएका छन्। यस बाढी र पहिरोको कारण केही विद्यालयलगायत १ सय ८४ ओटा भवनहरु ध्वस्त भएपछि १२ हजार भन्दा बढी व्यक्ति विस्थापित भई शरणार्थी स्थलमा पुगेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।
त्यसैगरी सडक पुललगायतका अन्य ४० ओटा संरचनाहरु सो प्रकोपको कारण ध्वस्त भएको बताइएको छ।
इन्डोनेसियामा बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोप बारम्बार सतारहेको पाइन्छ। बाढीलगायतका प्राकृतिक प्रकोपमा परी इन्डोनेसियामा बर्षेनी हजारौँ व्यक्तिको मृत्यु हुने गरेको जनाइएको छ। (सिन्ह्वा)



लाेकपाटी न्यूज

