एकता बैठक आज : के-के छन् एजेण्डा ?

sachiwalyabaithak
लाेकपाटी न्यूज

काठमाडौं, १६ वैशाख। नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को सचिवालय बैठक शुरु भएको छ। सोमबार नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू भएको हो।

बैठकले पार्टी एकता र सरकारका कामको विषयमा समीक्षा गर्दैछ। नेकपाले पार्टी एकताको संगठनात्मक ढाँचा तय गर्न स्थायी समितिबाट कार्यदल बनाएको थियो। तर कार्यदलले सहमति जुटेका र नजुटेका विषय समेटर प्रतिवेदन सचिवालयमा बुझाएको थियो।

उक्त प्रतिवेदनबारे बैठकमा छलफल हुन लागेको हो। तत्कालिन एमाले र माओवादीको अझैपनि जिल्लास्तरमा छुट्टाछुट्टै संगठन अस्तित्वमा छन्। त्यस्तै भातृ संगठनको एकतासमेत अगाडि बढेको छैन।

नेकपाले सरकारको एक वर्ष पुगेकाले उक्त विषयमा समेत समीक्षाको तयारी गरेको छ। नेकपा नेताले अनौपचारिक कुराकानीमा सरकारको गति बढाउने नाममा केही मन्त्रीको हेरफेर हुन सक्ने बताउँदै आएका छन्। पार्टी एकता भएको ९ महिना बित्दासमेत नेकपाको केन्द्रीय समिति बैठक अहिलेसम्म बस्न सकेको छैन।