क्रिकेट रंगशालाका लागि युएईमा उठ्यो २२ लाख

dhurmus stedium
लाेकपाटी न्यूज

स्टार श्रेष्ठ/युएई। चितवनको भरतपुरमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ अप्रील २६ तारिख अर्थात वैशाख १३ शुक्रबारको दिन दुबईको ग्राण्ड एक्सलसिएर होटलमा आयोजित ‘धुर्मुस सुन्तली साँझ–२०७६’ भव्यताका साथ सम्पन्न भएको आयोजक समितिले जनाएको छ।

उक्त कार्यक्रमबाट रंगशाला निर्माणका लागि २० लाख रुपैँया सहयोग प्राप्त भएको जनाइएको छ। कार्यक्रमको भोलिपल्ट युएईको राजधानी आबुधाबीस्थित नेपाली चुलो रेस्टुरेन्टमा आयोजना गरिएको मिट एन्ड ग्रीट अर्थात् छोटो भेटघाट कार्यक्रम बाट २ लाख गरी रंगशाला निर्माणका लागि कुल २२ लाख रुपैँया सहयोग प्राप्त भएको सितराम कट्टेल धुर्मुसले जनाएका छन्।

कार्यक्रम युएईमा क्रियाशील ३८ वटा संघसंस्थाहरु मिलेर आयोजना गरिएको थियो। कार्यक्रमको संयोजन चितवन समाज युएईले गरेको थियो। कार्यक्रममा धुर्मुस सुन्तलीले नेपालको राजनीति र ब्याप्त भ्रष्टाचारप्रति व्यंग्य गर्दै सच्चा नागरिक नामको प्रहशन प्रस्तुत गरेका थिए।

चर्चित गायिका मेलिना राई, गायक पुष्पन प्रधानले सुमधुर गीत संगीतको माध्यमबाट दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्